Logo
१७ बैशाख २०८१, सोमबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा रहेका नेपालीहरुलाई लिएर चारवटा जहाज नेपाल आउने

काठमाडौं  : अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका छन् । विदेशमा अलपत्र रहेका नेपालीहरुलाई केही चार्टर्ड विमानहरुको उडान रद्द भएपनि अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका हुन् ।

अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार यही ९ र ११ गते २र२ वटाका दरले चार वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ । दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाडौं उडान गर्नेछन् ।

यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजले उडान भर्नेछन् । यसको लागि भाडा भने यात्रुले नै तिर्नुपर्नेछ । टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र हुनुपर्नेछ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्