Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस–मुक्त घोषित न्यूजिल्याण्डमा २४ दिनपछि फेरी कोरोनाको संक्रमित फेला

न्यूजिल्याण्ड कोरोना भाइरस–मुक्त घोषित गरेको  २४ दिनपछि फेरी पहिलो कोरोनाको संक्रमित फेला परेको छ ।

न्यूजिल्याण्डले गत हप्ता देशलाई भाइरस–मुक्त घोषित गर्दै सबै प्रतिबन्ध हटाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ दुई व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्थानीय मिडियाका अनुसार यी दुईलाई आफन्तको मृत्युको अन्त्येष्टिका लागि बाहिरबाट आउनका लागि छुट दिइएको थियो । यी दुई व्यक्ति हालै बेलायतबाट फर्किएका थिए र एक–अर्कासँग सम्बन्धित छन् ।

कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि न्यूजिल्याण्डको प्रयासको अत्यधिक प्रशंसा भएको छ । यहाँ महामारीको सुरुवाती अवस्थामा नै सबै सीमा बन्द गरेर देशमा लकडाउन घोषणा गरिएको थियो ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशलाई भाइरस–मुक्त भएको घोषणालाई ठूलो कुरा बताउँदै देशमा कुनै पनि बेला पुनः कोरोना संक्रमित देखा पर्न सक्ने भन्दै चेतावनी दिएकी थिइन् ।

तर विदेशबाट यहाँ अन्तर्राष्ट्रिय यात्रामा अहिले पनि प्रतिबन्ध लागेको छ र यहाँका नागरिक र आवश्यक कर्मचारीलाई मात्रै देश फर्कने अनुमती छ ।

न्यूजिल्याण्डमा नयाँ संक्रमित देखिएसँगै यहाँ कूल संक्रमितको संख्या बढेर १ हजार ५ सय ६ पुगेको छ ।यहाँ हालसम्म २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्