Logo
१७ बैशाख २०८१, सोमबार
(June 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को बजेट सार्वजनिक, आगामी वर्ष ४० अर्ब ८९ करोड खर्च गरिने

प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्रबहादुर आंङवोले सोमबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् ।

मन्त्री आंङवोले आगामी वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार रुपैयाँ अर्थात ४६.२९ प्रतिशत, पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार रुपैयाँ अर्थात ५३.७१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ छ ।

साथै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्व ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।

प्रदेश १ मा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख रुपैयाँ र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख रुपैयाँ व्यहोरिने उल्लेख छ ।

चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्व रुपैयाँ रहने पूर्वानुमान मन्त्री आंङवोले बताए । यी स्रोतहरुवाट खर्चको आवश्यकता पूरा नहुने भएकाले न्यून वित्त ५ अर्ब रुपैयाँ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने उनको भनाइ छ ।

यसका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १५ बमोजिमको प्रक्रिया अनुसरण गरिने मन्त्री आंङवोले बताए ।

प्रकाशित मिति: Jun 15, 2020

प्रतिक्रिया दिनुहोस्