Logo
१७ बैशाख २०८१, सोमबार
(June 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-५ को बजेट : गाडी किन्न कडाइ, विदेश भ्रमणमा छैन बजेट !

प्रदेश- ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। मुख्यमन्त्री एवं प्रदेशका आर्थिक मामिला एवं योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा १२ अर्ब ५९ करोड रूपैयाँ चालु खर्च गर्ने प्रक्षेपण गरिएको छ।

बजेटमार्फत मुख्यमन्त्री पोखरेलले पुँजीगत खर्चतर्फ १८ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरेका छन्। वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेका छन्। बजेटमार्फत २ अर्ब ३ करोड रूपैयाँ राजस्व उठाउने अनुमान गरिएको छ।

बजेटमार्फत मुख्यमन्त्री ग्रामीण विकास र रोजगार प्रदेश भित्रका सम्पूर्ण स्थानीय तहमा सञ्चालन गर्ने घोषणा गरिएको छ। यसैगरी प्रत्येक स्थानीय तहमा १/१ कृषि वा पशुका प्राविधिक जनशक्ति पुर्‍याउने उल्लेख छ।

प्रदेश सरकारले आउँदो वर्ष विदेश भ्रमणका लागि कुनै रकम छुट्याएको छैन। स्वास्थ्य र सुरक्षा निकायबाहेक अन्य निकायलाई सवारी साधन खरिदमा रोक लगाइएको छ।

प्रकाशित मिति: Jun 15, 2020

प्रतिक्रिया दिनुहोस्