Logo
१७ बैशाख २०८१, सोमबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतबाट १४२ जना नेपाली आज पनि स्वदेश ल्याउदैँ , साढे ११ बजे आइपुग्ने

पछिल्लो समयमा नेपालसरकारले विदेशमा अलपत्र परेका नेपालीलाइ स्वदेश फिर्ता ल्याइरहेको छ सो अवस्थामा आममाफीमा सहभागी एक सय ४२ जना नेपालीलाई लिएर कुवेतबाट जहाज उडेको छ ।

कुवेतबाट जहाज उडिसकेको र नेपालमा ११ बजेर ३० मिनेटमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो ।

कुवेतबाट हिजो २९९ जना महिला स्वदेश फर्किसकेका छन् । कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो। नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो ।

यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको थियो । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ ।

आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

नेपालले अनुमति दिएको भए कुवेतले आममाफीमा सहभागी नेपालीलाई ल्याइदिन यसअघि पनि तयार थियो ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्