Logo
१७ बैशाख २०८१, सोमबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खुकुलो भएसँगै ८० दिनपछि राजधानीमा खुले पसलहरु, बढ्यो चहलपहल

संघीय सरकारले लकडाउन खुकुलाे गर्ने निर्णय गरेसँगै बजारमा चहलपहल बढेको छ। बजार खुला भएसँगै मानिसहरु किनमेलका लागिसमेत निस्कन थालेका छन्।

बिहीबार बिहानैदेखि राजधानीमा पसलहरु खुलेका छन्। लकडाउनका कारण सुनसान बनेकाे बजार क्षेत्रमा मानिसहरुको चाप बढेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेकाे हो।  ८० दिनपछि लकडाउन खुकुलो भएसँगै राजधानीका पसलहरु खुलेका हुन्।

सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग, कलकारखाना, पसल, डिपार्टमेन्ट स्टाेर खोल्न दिने निर्णय गरेको छ।

तर तत्कालै सपिङ मल भने खुल्ने छैनन्। यसअघि खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु तोकिएको समयमा खाेल्न दिइए पनि अन्य पसलहरु भने बन्द थिए।

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्