Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु

अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ ।

जिल्ला प्रमुख बाहेकका बाँकी चार जना पनि अफगानिस्तानको सरकार समर्थित लडाकूहरु रहेको बताइएको छ । उत्तरी अफगानिस्तानको सोरतेपा जिल्लाका जिल्ला प्रमुख क्वारी इब्राहिमको ज्यान गएको हो ।

साथै सो जिल्लाका स्थानीय मिलिसिया चार जनाको ज्यान गएको हो । उनीहरु सरकार समर्थित समूहका लडाकू रहेका थिए ।

सो बम तालिबान लडाकू समूहले विस्फोट गराएको हो । उनीहरुका विरुद्ध यहाँको सरकारका समर्थित केही समूह सक्रिय रहेकोले तिनका विरुद्धमा उनीहरुले विगतदेखि नै यस्तो खालको हिंसात्मक हमला गर्दै आएका छन् ।

तालिबानको प्रवक्ता जबिउल्लाह मुजाहिदले सो आक्रमणको जिम्मेवारी लिएका छन् । उनले स्थानीय सरकारहरुले लडाकू समूह खडा गरेर तालिबानका विरुद्धमा आक्रमण गर्न भनेकोले सो बम विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा सरकार र तालिबानबीच शान्ति वार्ता हुने भनिएको भए पनि अझै पनि त्यसको सुरुवात भएको छैन ।

अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा तालिबानहरु पनि शान्ति वार्तामा आउने सम्झौता भएको थियो ।

यसैकारण अफगानिस्तानको सरकारले तालिबानहरुकै मागअनुसार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तथा अफगान सरकारले जेलमा रहेका तालिबानलाई मुक्त गर्ने तयारी थालेको बताइएको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्