Logo
३० बैशाख २०८१, आईतबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् ! यी हुन् विवाहभन्दा पहिले नै गर्भवती भएका अभिनेत्रीहरु

अहिलेको २१ औँ शताब्दीमा मानिसहरु आधुनिकतासँगै उनिहरुको सम्पूर्ण व्यवहार परिर्वतन भएको पाइन्छ ।

त्यस्तै समाजमा विवाह अगाडि बच्चा जन्माउनु सामाजिकरुपमा त्यति राम्रो मान्दैन तर पनि समयसँगै आएको परिवर्तनले मानिसको जिवन शैलिमा परिवर्तन आएकोे अवस्थामा आज बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका अभिनेत्रीहरुको बारेमा आज हामी चर्चा गरने छौ ।

जो अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए थिए ।

विवाहलाई एक औपचारिकता मात्रै सम्झे ।

नताशा स्तानकोविक

हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको समेत खुलाएका हुन् ।

कल्कि कोचलिन
पछिल्लो समय ‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्माएकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् ।

ब्रुना अब्दुला

जोन अब्राहमसँग ‘चंद’ फिल्ममा अभिनय गरेकी अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले गर्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

एमी ज्याकसन
अभिनेत्री एमी ज्याकसनले पनि विवाहपूर्व आमा बन्ने अनुभव बटुलेकी थिइन् ।

गाब्रियला

अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा जन्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् ।

 

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्