Logo
१७ बैशाख २०८१, सोमबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगमा आज जसपा दर्ता हुँदै, २ जना कार्यकारी अध्यक्ष, ५३ सदस्यीय कार्यसमिति

पछिल्लो केहि महिनादेखि एकिकरणको प्रकृयामा रहेको जनता समाजवादी पार्टी (जसपा) मा २ जना कार्यकारी अध्यक्ष, एक जना संघीय परिसद अध्यक्ष (नामका लागि अध्यक्ष मात्र) रहने गरी ५३ सदस्यीय कार्यसकिति हुने भएको छ ।

एक नेताका अनुसार ‘नेकपा स्टाइलमा पर्टाी एकिकरण भएको छ २ जना कार्यकारी अध्यक्ष रहनेछन्, डा. बाबुराम भट्टराईलाई बोनसमा अध्यक्ष पद पाइएको छ ।’

‘तर उहाँँलाई सम्मन मात्र गरिएको हो, पार्टीमा २ जना कार्यकारी अध्यक्ष रहनेछन् ।’ उक्त नेताका अनुसार पाँच पदाधिकारी रहनेगी एकतामा टुंगो लागेको हो।

श्रोतका अनुसार जसपामा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

नेता शरत्तसिंह भण्डारीले निर्वाचन आयोगमा दर्ता भई सकेपछि मात्र आफूहरुले आधिकारिक सार्वजनिक गर्ने बताए । ‘हत्तार नगरौं, केहिबेरमा थाह भइहाल्छ, अहिलेलाई म यति भन्छु, आज पार्टी औपचारिक रुपमा एकता हुँदै छ’ भण्डारीले भने -‘दर्ता भएपछि हामिले आफै सार्वजनिक गर्नेछौं ।’

समाचार श्रोतका अनुसार कार्यकारी अध्यक्षपछि वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।

आज तीन अध्यक्ष बनाउने टुंगो लागेपछि जसपा निर्वाचन आयोगमा दल दर्ताका लागि कागजपत्र लिएर पुग्ने भएको छ । तीन अध्यक्षमा ठाकुर पहिलो वरियतामा, यादव दोस्रो र भट्टराई तेस्रो वरियतामा हुनेछन् ।

त्यसैगरी जसपा नेता महेन्द्र राय यादवले तीन अध्यक्ष रहने सहमति भएको बताएका हुन् । उनले आजै दल दर्ताका लागि निर्वाचन आयोगमा जान लागेको जानकारी दिए ।

सहमति बन्न निकै कठिन भएपछि अशोक राई र राजेन्द्र महतोले पनि पदाधिकारीको जिम्मेवारी पाउनेछन् । उनीहरु दुवैजना सहअध्यक्ष बन्नेछन् ।

१० वैशाखको राति अचानक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच मध्यराति एकता सम्झौता भएको थियो । समाजवादी पार्टी फुटको संघारमा पुगेपछि अचानक एकता गरी विभाजन रोकिएको थियो ।

विगतमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र अशोरक राई नेतृत्वको पार्टी मिलेर संघीय समाजवादी पार्टी बनेको थियो । उक्त दलमा बाबुरामको नेतृत्वको नयाँ शक्ति नेपाल मिलेपछि समाजवादनी पार्टी बनेको थियो ।

अहिले राजपासँग समाजवादी जोडिएपछि जनता समाजवादी पार्टी बनेको छ । जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् ।

१० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षरपछि सामूहिक फोटो खिचाउँदै दुवै पार्टीका नेताहरु।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्