Logo
१७ बैशाख २०८१, सोमबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले क्वारेन्टाइनको व्यवस्था लागि ४५ वटा  होटलको सूची प्रकाशन

अहिलेको बर्तमान समयमा कोरोनाका कारण अलपत्रपरेका नेपाली नागरिकलाई नेपाल सरकारले  ल्याउन शुरु गरेको अवस्थामा विदेशबाट आएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले  ४५ वटा  होटलको सूची प्रकाशन गरेको छ ।

जसमा चारतारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४५ वटा होटलको सूची सार्वजनिक गरेका हो ।

आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो ।

सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुम क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए । जसमा चारतारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन् ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरे पनि होटलसँग समन्वय भने नभएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्