Logo
२६ बैशाख २०८१, बुधबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बूढानीलकण्ठमा दैनिक २ हजार मानिसलाई निःशुल्क खाना खुवाइँदै

बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले दैनिक दुई हजार मानिसलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, विपन्न परिवारलगायतलाई खाना खुवाइएको वडाध्यक्ष नवराज भट्टराईले बताए ।

दैनिक दुई हजार जनाका लागि खाना तयार गरेर स्वयंसेवकको सहयोगमा पोको पारी वडा नं १० का विभिन्न स्थानमा रहेका वितरणस्थलसम्म लैजाने काम भइरहेको बताइएको छ ।

निःशुल्क खाना खुवाउन स्थानीय समाजसेवी, उद्यमी, व्यापारी, महिला समूहलगायतले सहयोग गरेको समाजसेवी विद्या सुवेदी (विना) ले बताए ।

बूढानीलकण्ठ- १० ले शुरु गरेको सो अभियानमा दैनिक २५ भन्दा बढी स्वयंसेवक परिचालित छन् । दैनिक चार सय केजी चामल, ६० केजी गेडागुडी, एक बोरा आलु तथा सय केजीसम्म तरकारी उपयोग हुँदै आएको जनाइएको छ ।

वडाका विभिन्न क्षेत्रबाट आएको मागका आधारमा १० स्थानबाट निःशुल्क खाना वितरण हुँदै आएको हो । त्यस्तै नगरपालिकास्थित सिद्धेश्वरी लोकसाधनाले दैनिक २५० स्वास्थ्य तथा सुरक्षाकर्मीलाई दिवा खाजा खुवाउँदै आएको छ ।

यसैगरी बूढानीलकण्ठ ७ हात्तीगौँडास्थित छहारी संस्थाले लकडाउनका कारण खाना समस्यामा परेका एक हजार मानिसलाई खाना खुवाउँदै आएको छ ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदूर, विद्यार्थी, एकल महिला, जेष्ठ नागरिकलगायतलाई निःशुल्क खाना खुवाइँदै आएको संस्थाका अध्यक्ष लिली थापाले बताए ।

बूढानीलकण्ठ- १ देखि ९ सम्मका विपन्न परिवारलाई छहारीले बेलुका निःशुल्क खाना खुवाउँदै आएको छ ।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्