Logo
२६ बैशाख २०८१, बुधबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रवासमा ९८ नेपालीको शव व्यवस्थापन गर्न समस्या, उतै अन्त्येष्टि गर्न परिवारसँग अनुरोध

विश्वब्यापी कोरोना संक्रमनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ भएको छ । गन्तव्य देशमै अन्त्येष्टिका लागि ११ जनाले अनुमति दिए पनि अहिलेसम्म ४ जनाको मात्रै अन्त्येष्टि भएको छ ।

नेपालमा लकडाउन हुनुअघि र लकडाउनको अवधिमा विभिन्न कारणले ज्यान गुमाएका १०९ नेपालीमध्ये ११ जनाको परिवारले गन्तव्य देशमा अन्त्येष्टि गर्न मञ्जुरी दिइसकेको भए पनि अझै ९८ जनाको शव व्यवस्थापनामा समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यो अवधिमा यूएईमा २४ जना, साउदीमा ३३ जना, मलेसियामा ३० जना, कतारमा १० जना, कुवतेमा ७ जना, बहराइनमा १, ओमानमा १ जना, टर्कीमा १ जना, सेसल्समा १ र दक्षिण कोरियामा १ जना गरी १०९ जना नेपालीको ज्यान गएको छ ।
जसमध्ये यूएईमा २ र टर्कीमा १ गरी तीन जनाको भने कोरोनाको कारण ज्यान गएको छ । लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा थप कठिनाइ हुने कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

परिवारले अनुमति दिएमा गन्तव्य देशमै अन्त्येष्टि गर्दा सहज हुने भए पनि धेरैका परिवारले यो कुरा स्वीकार नगरेको उहाँको भनाइ छ ।

सहयोग गर्न मृतकका परिवारसँग अनुरोध
सामान्य अवस्थामा पनि नेपालमा विदेशबाट दैनिक २ देखि ३ जनाको शव आउने गर्दथ्यो। साउदी लगायत केही देशबाट शव नेपाल आउन केही समय लाग्थ्यो ।

तर अहिले लकडाउनका कारणले अन्तर्राष्ट्रिय उडान रोकिंदा शव व्यवस्थापनमा सहयोग गर्न मृतकका परिवारलाई कार्यकारी निर्देशक श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

अहिले विदेशबाट फर्कनेलाई पनि समाजले अर्कै नजरले हेर्ने समयमा शव ल्याउँदा परिवारलाई अर्को समस्या पनि हुन सक्छ ।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्