Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोज पत्रकारिता केन्द्रद्वारा प्रवासमा खोज पत्रकारिता गर्न खोज अनुरोध

काठमाण्डौ  :  आज विश्व प्रेस स्वतन्त्रता दिवसको दिनमा खोज पत्रकारिता केन्द्रले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ ।

प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

यूरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालिम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले प्रवासी नेपालीको पीडालाई ध्यान दिइ विषयको उठान गर्न सुझाव दिए ।

तालिममा खोज पत्रकारिताको महत्व, तरिका, विषवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति: May 3, 2020

प्रतिक्रिया दिनुहोस्