Logo
२६ बैशाख २०८१, बुधबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना सङ्क्रमण बढेसँगै दाङका १० नाकामा सुरक्षाचौकी

प्रदेश नं ५ स्थित दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने । मुलुकमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो ।

यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो । हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए ।

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उनले भने । अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ ।

जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन् ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्