Logo
२६ बैशाख २०८१, बुधबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेको पनौती नगरपालिकाद्वारा तीन हजार परिवारलाई राहत वितरण

वाग्मती प्रदेश स्थित काभ्रे जिल्लाको पनौती नगरपालिकाले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीको समय लम्बिदै गएपछि दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरणलाई निरन्तरता दिँदै आएका छन् ।

यसैक्रममा नगरभित्र काम गरेर खाने श्रमजीवी वर्गहरुलाई तेस्रो चरणको राहत वितरण गरेको छ । नगरपालिकाले राहत सङ्कलन केन्द्र ९खाद्य बैंक० सञ्चालनमा ल्याएपछि विभिन्न सङ्घ-संस्था, व्यक्ति, सहकारी, नागरिक समाज, सामाजिक व्यक्तित्वलगायतको सहयोगमा प्राप्त भएको करिब ३० लाखबराबरको सामग्री प्राप्त गरेको जनाएको छ ।

सङ्कलित राहत नगरका सबै वडाबाट सङ्कलन गरेको विवरणको आधारमा अति विपन्न आधारभूत तहका नागरिक जसले खाद्य सङ्कट व्यहोरिरहेकाहरुका लागि प्राथमिकतामा राखेर वितरण गरेको हो ।

यसरी प्राथमिकताका आधारमा वितरण गर्नेमा वडा नं ७ मा २० परिवार र अरु सबै वडामा १०-१० परिवार गरी १३० परिवार छनोट भएकामा उनीहरुलगायत अरु विपन्न परिवारलाई तेस्रो चरणको राहत उपलब्ध गराइसकेको नगर प्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो ।

बन्दाबन्दी जारी रहँदा उनीहरुलाई नगरपालिकाको तर्फबाट निरन्तर रुपमा प्रत्येक हप्ता राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहेको उनले बताए । नगरभित्र १२ वटा वडा छन् ।

वडाले थप नागरिकको अवस्था बुझेर अप्ठ्यारो परिस्थितिमा रहेका, ज्यालामजदुरीको सिलसिलामा नगरभित्र कोठा भाडामा बसोबास गरेका नागरिकसमेत गरी नगरपालिकाबाट एक हजार ९०० परिवारलाई राहत प्याकेज उपलब्ध गराएको र सो बाहेक नगरपालिकाले तयार गरेको मापदण्डभित्र रहेर वडाले आफ्नो सापेक्षतामा वितरण गरेको गरी करिब ३ हजार परिवारभन्दा बढीलाई राहत प्याकेज वितरण गरिसकेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

“राहत सङ्कलन केन्द्र स्थापना भएपछि अहिलेसम्ममा सयभन्दा बढीले प्रदान गरेको सहयोगमा करिब रु ३० लाखजतिको सामग्री प्राप्त भइसकेर वितरणको क्रमलाई आवश्यकताका आधारमा निरन्तरता दिँदै आएका छौँ”, उनले भने ।

प्राप्त भएको सामग्रीमा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा सामग्री, साबुन स्यानिटाइजरलगायत सामग्री रहेका छन् । नगरपालिकाले थप रु १० लाखबराबरको राहत सामग्री खरिद गरेर सबै वडामार्फत वितरण भइरहेको जनाइएको छ ।

यसैबीच वडा नं ७ ले बुधबार २०५ परिवारलाई तेस्रो चरणको राहत वितरण गरेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र यही वडामा भएकाले रोजगारी, अध्ययन, उद्योगधन्दालगायतको काम बढी हुने भएका कारण नगरपालिकाले सङ्कलन गरेको अति विपन्न परिवारबाहेकका अरु समस्यामा परेकाको पहिचान गरी वडाले राहत वितरण गर्दै आएको वडाध्यक्ष रामचन्द्र नास्नानीले जानकारी दिए ।

नगरपालिकाबाट प्राप्त राहतले मात्रै उनीहरुलाई राहत पु¥याउन नभ्याउने भएकाले अरु सङ्घसंस्थासँगको सहयोगमा वितरण गर्दै आएको वडासदस्य पुरुषोत्तम कर्माचार्यले बताए ।

उनका अनुसार पहिलो चरणमा आधारभूत तहका २० परिवारबाहेक १०५ परिवारलाई, दोस्रो चरणमा ५४७ र अहिले तेस्रो चरणमा २०५ परिवारलाई राहत वितरण गरेको हो ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्