Logo
२६ बैशाख २०८१, बुधबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहाको सुखीपुरमा आजदेखि विपन्न र असहायलाई निःशुल्क खाना खुवाउँदै

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको मारमा परेका विपन्न, असाहय व्यक्तिलाई उद्योग व्यापार समिति सुखीपुर सिरहाले आजदेखि निःशुल्क खाना खुवाउन शुरु गरेको छ ।

विगत एक महिनाभन्दा बढी समयदेखिको लकडाउनका कारण दैनिक ज्याला–मजदूरी गरेर बिहान–बेलुकाको छाक टार्न समस्या पर्दै आएका विपन्न, मजदूर र असहाय परिवारका व्यक्तिलाई समितिले आफ्नै भवनमा निःशुल्क खाना खुवाउन शुरु गरेको हो ।

लकडाउन अवधिभर प्रत्येक दिन बिहान ११ देखि २ बजेसम्म निःशुल्क खाना खुवाइने समितिका अध्यक्ष शत्रुधन चौधरीले बताए । यसैबीच सुखीपुर नगरपालिका–१ का मिथुन यादवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ६० थान सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराएका छन् ।

पिपिइ अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गर्न समस्या भइरहेकाले व्यक्तिगत आर्थिक सहयोगमा ६० थान पिपिइ उपलब्ध गराएको नेपाली काँग्रेसका नेतासमेत रहेको यादवले बताए ।

सुखीपुर नगरपालिका–८ स्थित स्वास्थ्यचौकी सुखीपुरलाई पिपिइ १० थान, वडा नं १ स्थित स्वास्थ्यचौकी मोहनपुर कमलपुरलाई पिपिइ १०, मास्क आठ र क्याप आठ थान, इलाका प्रहरी कार्यालय सुखीपुरलाई पिपिइ दुई र मास्क पाँच, सशस्त्र बेसक्याम्प सुखीपुरलाई पिपिइ दुई, मास्क पाँच र इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई पिपिइ पाँच, मास्क १० र क्याप पाँच थान उपलब्ध गराएको उनले जानकारी दिए ।

३९७ मध्ये १७५ जनाको पिसीआर नतिजा नेगेटिभ

सिरहामा ३९७ जनाको गरिएको स्वाब परीक्षणमा १७५ को पिसीआर नतिजा नेगेटिभ आएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले ३९७ जनाको थ्रोट स्वाब सङ्कलन गरी शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौँमा पिसीआर विधिबाट गरिएको जाँचमा १७५ जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

बाँकी २२२ जनाको नतिजा भोलिसम्म आइपुग्ने पनि उनले बताए । सङ्कलित स्वाबमध्ये सिरहाको लहान नगरपालिका क्षेत्रका ६९ र मिर्चैयाका क्षेत्रलगायतका १६ गरी १७५ जनाको नतिजा नेगेटिभ आएको प्रमुख यादवको भनाइ छ ।

त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ६४ को स्वाबको पिसीआर परीक्षण गर्दा ६२ जनाको नतिजासमेत नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्