Logo
२५ बैशाख २०८१, मंगलबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको संक्रमणबाट २ दुई महिला सहित बेलायतमा २५ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस संक्रमणबाट दुई दर्जन नेपालीको मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

बेलायतमा कोरोनाबाट मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन्। दूतावासको सूचीमा भएका दुई दर्जनमध्ये आधाभन्दा धेरै भूतपूर्व गोर्खा नै छन्।

मृतकमध्ये दुई जना महिला छन् भने अरू सबै पुरुष। मृत्यु हुने महिलामा एक ३२ वर्षीया र अर्की ३९ वर्षीया छन्।

गोर्खा वेल्फेयर ट्रस्टले पनि शनिबारसम्म १८ जना पूर्व गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ।

एनआरएनए युकेले अहिलेसम्म ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएको जनाएको छ।

तीमध्ये २७ जना उपचारपछि घर फर्किसकेको र ११ जना अझै उपचाररत रहेको बताइएको छ। कोरोनाका लक्षण देखिएका कारण करिब डेढ सय नेपाली घरमै आइसोलेसनमा बसेका छन्।

बेलायतमा कोरोनाबाट ठूलो संख्याका नेपाली प्रभावित भइरहँदा यहाँस्थित समुदायले समस्यामा परेकाहरूलाई सहयोगको प्रयास गरिरहेको छ।

एनआरएनए युकेसहित अन्य केही संघ-संस्थाले समस्यामा रहेका भूपू गोर्खा परिवारका वृद्धवृद्धा, विद्यार्थी लगायतलाई खाद्यान्न, स्वास्थ्य सामग्री लगायत सहयोग बाँड्न सुरू गरेका छन्।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्