Logo
२६ बैशाख २०८१, बुधबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काउने रणनीति बनाउँदै

अहिलेको पछिल्लो समयमा कोरोनाले माहामारीरुप लिएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन पहल थाल्ने भएको छ ।

खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आइरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म परदेशमा रहेका नेपालीलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनएले उनीहरुलाई फर्काउने रणनीति बनाइरहेको जनाएको छ ।

संघको ‘कोभिड-१९’ उच्चस्तरीय समितिको बैठकमा विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुको विषयमा छलफल भएको छ ।

आइतबार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले विदेशबाट फर्कन चाहनेको संख्या हजारौं भएको भन्दै उनीहरुलाई नेपाल फर्काउन आफूहरु लागिरहेको बताए ।

कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि उनीहरुलाई नेपाल फर्काउने बारेमा कुरा भैरहेको पन्तले बताए  ‘कुवेतमा मात्र ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ ।यस्तै अन्य थुप्रै समस्याहरु छन् ।

 

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्