Logo
१८ बैशाख २०८१, मंगलबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकले चिनीयाँ कम्पनीलाई दियो ६४ करोड थान नोट छाप्ने जिम्मा

नेपाल राष्ट्र बैंकले ६४ करोड थान नोट छाप्ने जिम्मा‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ कम्पनीलाई दिएको छ ।

केन्द्रीय बैंकले ५ र १० दरका नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई’ दिएको हो केन्द्रिय बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न उक्त कम्पनीलाई जिम्मा दिएको हो ।

यसअघि राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरको थियो ।

राष्ट्र बैंकका अनुसार कम्पनीसँग गत चैत २ गते १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लख ४० हजार ४०० र ५ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९७ हजार ५०० मा सम्झौता भएको हो ।

उक्त बोलकबोलमा न्यूनतम मूल्यांकनमा बोलपत्र पेश गर्ने चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिइएको हो ।

 

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्