Logo
१८ बैशाख २०८१, मंगलबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वबैंकको प्रक्षेपण : नेपाली अर्थतन्त्रको आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने

अहिलेको बर्तमान समयमा कोरोनाका कारण विश्वअर्थतन्त्रमा धरै धक्का लागिरहेको अवस्थामा नेपाली अर्थतन्त्रमा पनि नराम्रो धक्का पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रको आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको हो।

आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

सन २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी २ आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।

यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ ।

यद्दपि कोरोनाले अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंक दुबैले गरेका छन् ।

विश्व बैंकका अनुसार भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ ।

अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ ।

कोरोना भाइरसको कारण सीमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई रहेको छ ।

कोरोना असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन साथै आयात र निर्यातमा पनि कमि आउने देखिएको छ ।

दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ ।

साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । कोरोनाले गर्दा खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पुर्‍याउने विश्व बैंकको भनाई रहेको छ ।

यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ । आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सरकारहरुले बहुराष्ट्रिय वित्तीय संस्थाहरुसँग पनि उत्तिकै समन्वय गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

लगानी आकर्षित गर्दै सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ । लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई माथि उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औंल्याइएको छ ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्