Logo
१८ बैशाख २०८१, मंगलबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको प्रभाव : तथ्यांक संकलनको काम प्रभावित

कारोनाका कारण केन्द्रीय तथ्यांक विभागले थालेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, राष्ट्रिय जनगणना नमुना सर्बेक्षण, नेपाल जिवनस्तर सर्वोक्षको तथ्यांक संकलनको काम प्रभावित भएको छ ।

केन्द्रिय तथ्यांक विभागका निर्देशक अम्बिका बस्यालका अनुसार कोरोना भाइरसका कारण तथ्याङक संकलन कार्य स्थागित गरिएको छ ।

औद्योगिक प्रतिष्ठानहरूमा भएको लगानी, कच्चापदार्थ तथा सञ्चालन खर्च, उत्पादित वस्तुको विक्री, मौज्दात र स्थायी सम्पत्तिको तथ्यांक संकलन गर्न राष्ट्रिय औद्योगिक सर्वेक्षण गत फागुनको दोस्रो हप्ताबाट उपत्यका बाहिर सुरु गरिएको थियो ।
साना तथा ठूला सबै उद्योग प्रतिष्ठानहरूको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गर्न औद्योगिक गणना गर्न लागिएपनि कोरोनाका कारण तत्काल सर्वेक्षणको काम रोकिएको बस्यालले जानकारी दिए ।

उनका अनुसार नेपालले हालसम्म विभिन्न समयमा गरी १० पटक ठूला उद्योग तथा प्रतिष्ठानको गणना सम्पन्न गरिसकेको छ । पछिल्लो पटक विभागले ठूला उद्योग तथा प्रतिष्ठानको सर्वेक्षण २०६९ सालमा गरेको थियो भने सानाको २०६६ मा गरेको थियो ।
तथ्यांक विभागका अनुसार राष्ट्रिय जनगणना नमुना सर्बेक्षणको काम समेत रोकिएको छ । २०७८ जेष्ठ २५ देखि हुने सर्वेक्षणको तयारी स्वरुप नमुना सर्वेक्षण माघदेखि सुरु गरिएको थियो । ७ ओटा प्रदेशका २÷२ ओटा गरी १४ जिल्लालाई छनोट गरेर सर्वेक्षणको काम थालनी भएपनि अन्तिम चरणमा आएर काम रोकिएको छ ।

‘यो पाइलट सर्भेको काम चैत महिनाभित्र सक्ने लक्ष्य थियो तर बीचमै आएर रोकिन पुग्यो,’ बस्यालले बताए । जनगणनाका कार्यका लागि आव २०७६/७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ । जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति सरकारले गठन गरेको थियो ।

प्रत्येक १०/१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो । देशभरका ९ हजार घरपरिवार छनौट गरी थलिएको ‘नेपाल जीवनस्तर सर्वेक्षण’ को काम समेत रोकिएको छ । ‘१ बर्षभित्र सक्ने गरी सर्वेक्षणको काम सुरु गर्न लागेका थियौंबीचमा नै रोकियो,’ तथ्यांक विभागका निर्देशक बस्यालले बताए । उनका अनुसार यो सर्वेक्षण चौथो थियो ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्