Logo
२६ बैशाख २०८१, बुधबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटमय अवस्थाबीच साजन शर्माको उत्प्रेरक कविता : ‘हामी सुतेकै कारण भ्रष्ट्रचारीहरु जागिरहेका छन्’

लेखक : साजन शर्मा

जागौं मातृभूमिको लागि…
हामीहरु सुतेकै कारण भ्रष्ट्रचारीहरु जागिरहेका छन् ।
डरको राजनीति गर्दै अरौबौं लुटिरहेका छन् ।।

पन्चायतमा पनि तिनै लुटेरा बहुदल र गणतन्त्रमा पनि तिनै ।
तन्त्र फेर्ने भनी जनतालाई झुक्याएर अरौबौं लुटि लुटतन्त्रमा राज गरिरहेछ्न् ।।
लुटन नपाउँदा तिनीहरुको लुटतन्त्र खतरामा पर्छ भन्दै डर देखाउँछ ।
जनतालाई अनुदानमा आएको सामान बेचेर करोडौंको गाडी फेर्छ्न ।।

व्याविचारी पनि तिनै भ्रष्ट्रचारी पनि तिनै देशको नदिनाला र सिमा बेच्ने पनि तिनै ।
मुखमा लगौटी लगाएर आफू देश बिदेशमा सुटबुट लगाएको धाक देखाउँछ्न् ।।
बालुवाटार बेचे सिंहदरवार पनि बेच्छ्न् नारायणहिटि भाडामा अरौबौं लुटछ्न्।
तीस बर्षमा मेलम्चीमा कति लुटे लुट्नकै लागि तामाकोसी र निजगढ देखाउँछन ।।

जनाता आर्यघाटमा लाश जलाउन नसकेर भिख माग्छ्न।
लाशको कात्रोमा कर लगाएर श्रीमतीलाई रेशमको साडी किनिदिन्छ्न् ।।
बिसौ हजार जनतालाई बलिदान दिन लगाएर छोराबुहारी मन्त्री बनाउँछ्न्।
आफ्नै देशभित्र छिर्न जनता तिनै व्याविचारी भ्रष्ट्रचारीसंग हात जोड्दैछन् ।।

जनतालाई गणतन्त्र भन्दै चुनाब लडाउँछ्न बहिष्कृतलाई संसद बनाउछ्न् ।
जनता पनि कस्ता तिनै बहिष्कृतको पछि लागि फेरि जिन्दावाद् भन्छन् ।।

हामीहरु सुतेकै कारण भ्रष्ट्रचारीहरु जागिरहेका छन् ।
डरको राजनीति गर्दै अरौबौं लुटिरहेका छन् ।।

एक दशकमा कसरी अरबपति बने त्यसको पनि हिसाब खोजौं ।
कति कर तिरेर विश्वको धनाड्ये बने त्यसको पनि खोजौं ।।
जनतालाई माक्स दिने नाममा अरौबौं लुट्न खोज्न व्यापारीलाई पनि नछोडौ ।
तिनकै छोराबुहारी मन्त्री हुने प्रवृतीसंग लडौं हनुमान हुनुनै छ भने रामको खोजी गरौं ।।

तिनकै घरबेटी ठेकेदार तिनकै छोराबुहारी मन्त्री।
देशनै लुटिसके के को खोज्छौ अधिकार ।।

अब पनि नजागे कहिले जाग्ने?
मास्कको नाममा लगौटी लगाउनेलाइ किन मान्ने ।
सधैनै लुटेकै थियौ यस्तो बिपत्तिमा पनि लुटन नछाड्ने ।।
अरबमा पसिना र भारतमा चौकिदार होइन आफ्नै देशमा केही गरौं ।
देशको सिमा छिर्न आन्दोलन होइन भ्रष्ट्रचारीलाई सिमा कटाउन आन्दोलन गरौं ।।

बिगत दुई दशकमा के पायौं के गुमायौं त्यसको मुल्यांकन गरौं ।
जनता हनुमाननै बन्नु छ भने एउटा देशभक्त रामको खोजी गरौं ।।
हामीहरु सुतेकै कारण भ्रष्ट्रचारीहरु जागिरहेका छन् ।
डरको राजनिती गर्दै अरौबौं लुटिरहेका छन् ।।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्