Logo
२६ बैशाख २०८१, बुधबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार शोभा केसी बटालाको मृत्यु

प्रदेश नं ५ स्थित बाकेमा एम्बुलेन्सको ठक्करबाट कोहलपुरमा १ जनाको मृत्यू भएको छ। नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटर साइकलमा सवार शोभा केसी बटालाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते केसीलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक दण्डबिक्रम बिष्ट घाइते भएका छन्।

केसी बैजनाथ गाँउपालिकास्थित बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिए।

उनको शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कूलदीप चन्दले जानकारी दिए।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्