Logo
२५ बैशाख २०८१, मंगलबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोरोना उच्च जोखीम, क्यालिफोर्निया राज्यले गर्यो नागरिकलाई घरमै बस्न आग्रह

बर्तमान समयमा कोरोना भाइरसले विश्वमाहारीकोरुप लिइरहेको अवस्थामा अमेरिकामा पनि यसको संक्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यका नागरिकलाई घरभित्रै रहन भनिएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन गभर्नर गभिन न्युसमले क्यालिफोर्निया राज्यले नागरिकहरुलाई अनावश्यक रुपमा घरबाट बाहिर ननिक्लिन भनेको छ । नागरिकले भाइरसको महामारीका बीच आवश्यक पर्दा मात्र घरबाहिर निस्कन सक्ने बताए ।

गभर्नर न्युसमले यसअघि नै ४ करोड जनसंख्या रहेको राज्यमा आउँदो २ महिनामा आधाभन्दा बढी भाइरसको संक्रमणमा आउन सक्ने बताएका थिए । ‘यो हामीले कडा निर्णय लिने समय हो । हामीले वास्तविकतालाई बुझ्नु आवश्यक छ’, गर्भनर न्युसमले भने ।

अहिलेसम्म कोरोनाका कारण अमेरिकामा २ सय १८ जनाको मृत्यु भएको छ भने १३ हजार ३ सय १६ जनामा संक्रमण पाइएको छ । संक्रमित १ सय २१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाका कारण अमेरिकाले यो वर्ष हुने भनिएको जी–७ देशहरुको सम्मेलन पनि रद्द गरेको छ । अब यो सम्मेलन भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिनेछ ।

यो सम्मेलन आउँदो जुन महिनामा क्याम्प डेविडमा हुने तय भएको थियो ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्