Logo
१७ बैशाख २०८१, सोमबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमि व्यवस्थामन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो समयदेखि थाँती रहेका केही विषयहरु आपसमा छलफल गरेर समाधान गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

मन्त्री अर्यालले भनीन्, “ती विषयहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस् ।” यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पुरा हुने उनको अपेक्षा थियो ।

सो अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्नसक्ने बताएका मन्त्री अर्यालको सचिवलयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोसिस गरिने बताएका थिए ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्