Logo
१७ बैशाख २०८१, सोमबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतावासद्वारा नेपालमा विद्यालय भवन निर्माणका लागि १० करोड ७० लाख अनुदान सहयोग

भारत सरकारले दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नेपाल स्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरको समय एउटा विद्यालयलाई पहिलो किस्ताको रकम पनि हस्तान्तरण गरिएको थियो ।

दार्चुलाको धापस्थित् मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च मावि र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाबीच बेग्लाबेग्लै सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयका उपसचिव रेशम कडेलले जानकारी दिए ।

उपसचिवले भने, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भारत-नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने ती विद्यालय भवनको बोलपत्र आह्वान, ठेक्का लगाउन, अनुगमनलगायत काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महाकाली नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले गर्नेछन् ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्