Logo
२ जेष्ठ २०८१, बुधबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको ११ ओटा स्थानीय तहमा SEE परिक्षा केन्द्र, हरेकमा स्वास्थ हेल्प डेस्क

यस वर्षको SEE परिक्षामा प्रदेश १ स्थित सुनसरी जिल्लामा १३ हजार ६९ जना परिक्षार्थीहरु सहभागी हुने भएक छन् । भने ४८ वटा परिक्षाकेन्द्रहरु निर्धारण गरिएको छ । परिक्षा नियन्त्रण कार्यलाय सानोठिमी भक्तपुरले कक्षा दशको फाइल परिक्षा (SEE) चैत्र ६ गतेदेखि संचालन गर्न लागेको हो ।

सुनसरीमा रहेका जम्मा १२ वटा स्थानिय निकायतह मध्ये ११ वटा स्थानिय निकायलाई केन्द्र निर्धारण गरिएको छ भने मात्र भोक्राहा नर्सिह गाउँपालिकामा मात्र केन्द्र नराखिएको सुनसरी शिक्षा विकास तथा समन्वय इकार्ई प्रमुख रमेश वाहदुर दाहालले बताए ।

भौक्राहा नर्सिह गाउँपालिका भित्रका विधालयहरुमा विधार्थीहरुको संख्या नियुन रहेकोमा सो स्थानमा केन्द्र नराखिएको इकाई प्रमुख दाहालको भनाई छ ।

सो स्थानमा रहेका परिक्षार्थीहरुलाई नजिको केन्द्र कोशी गाउँपालिकाको मधुवन र इनरुवा नगर भित्र रहेका नजिक पर्ने केन्द्रमा परिक्षा दिन केन्द्र मिलाएको छ ।

४८ ओटा केन्द्र मध्ये सामुदायिक नियमित ४४ ओटा, संस्थागत नियमित ३ ओटा , संस्थागत अपग्रेड १ ओटा, गरि जम्मा ४८ ओटा परिक्षा केन्द्र राखिएको छ ।

सुनसरीभरिमा जम्मा समुदायक विधालय १०३ मा परिक्षार्थी नियमिततर्फ ६३३६ अपगे्रडतर्फ ३१६,विधालय संस्थागत १८३ मा परिक्षर्थी नियमिततर्फ ६१५९ अपग्रेडतर्फ २६ ,प्राविधिक विधालय ८ मा परिक्षर्थी नियमिततर्फ २३१ अपग्रेडतर्फ १जना गरि जम्मा परिक्षर्थी १३०६९ र विधालय जम्मा २८६ ओटा रहेका छन ।

सुनसरी परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष ४८, साहयक केन्द्राध्यक्ष ८६, निरिक्षक६ ५९, परिक्षा साहयक १३४, कार्यालय सहयोगी २५७ कर्मचारीहरु खटाउने गरिएको इकाई प्रमुख दाहालले वताए ।

हाल विश्वलाई डरतरास फेलाएका कोरोना भाइरसका कारण हरेक ४८ औटे परिक्षा केन्द्रहरुमा स्वास्थ हेल्पडेस्क राखिने समेतको व्यवस्था गरिएको छ । सुनसरीमा परिक्षा सम्वन्धि सम्पुर्ण प्रश्नपत्र लगायत परिक्षा सम्वन्धि हरेक कामकार्य तयारी पुराभएको छ ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्