Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना प्रभाव रोक्न १ करोड डलर सहित भारतद्वारा संयुक्त कोषको प्रस्ताव, भास्सिएको स्वरमा ओलीको सर्मथन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन-सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष प्रस्ताव गरेका छन् जसमा एक करोड अमेरिकी डलर भारतले राख्ने घोषणा पनि उनले गरेका छन्।

आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त घोषणा गरे।

उनले सार्क क्षेत्रमा कोरोना भाइरसलाई रोकथान गर्न सँगै सहकार्य गर्नुपर्नेमा जोड दिए। उक्त कोषलाई आठै राष्ट्रले आवश्यकताअनुसार प्रयोग गर्नसक्ने घोषणा पनि उनले गरे।

मोदीले आफ्नो मुलुकले विशेष ‘प्रोटोकल’ निर्माण गरी ‘स्क्रिनिङ’, ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’ र ‘डिस्चार्ज’ सेवालाई प्राथमिकता दिएको बताए।

‘हामीले सँगसँगै तयारी गर्नुपर्छ। सँगसँगै काम गर्नुपर्छ। सँगसँगै सफल हुनुपर्छ’, आइतबार आयोजित सार्क भिडियो कन्फरेन्समा मोदीले भने।

उनले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक सक्षम हुने बताएका छन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ भिडियो कन्फरेन्समार्फत सबै सदस्यहरु साझा रणनीतिमा जुटेका छन्।

मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए।मिगौला प्रत्यारोपणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए।

लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन्।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्