Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनालाई रोक्न हामीले अनेकौँ उपाय अपनाएको छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन्।

ओलीले नेपालमा एक जनामान शंकास्पद कोरोना देखिएको तर अहिले संक्रमण नरहेको पनि स्पष्ट पारे। भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको उनले बताए।

कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले नेताहरुलाई धन्यवाद दिए।

हामीले संभावित महामारीको जोखिमलाई बुझेका छौं,’ ओलीले भने, ‘तयारीका लागि हामीले कयौँ उपाय अपनाएका छौँ।’ उनले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको लगायत तयारीबारे पनि जानकारी दिए।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्