Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथामको राणनीति तय गर्न सार्क राष्ट्र प्रमुखहरुबीचको भिडियो संवाद जारी (हेर्नुस् भिडियो)

काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडिओ संवाद सुरु भएकाे छ ।

भिडिओ संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत गर्ने तयारी छ ।

सार्क क्षेत्र देशका सरकार प्रमुखहरुले भिडिओ संवादमार्फत छलफल गर्न लागेका हुन् । दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भएकाे छ ।

सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी जनाउनु भएकाे छ । सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि भिडिओ सम्मेलन भएकाे हो ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्