Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख अग्निप्रसाद सापकोटा र श्रीलंकाली राजदूतबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलकाबीच सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज आइतबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन।

भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाबीच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै दुई देशबीच साँस्कृतिक सम्बन्ध सुदृढ रहेको चर्चा गरे, सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्