Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे आज सार्क राष्ट्रबीच भिडियो वार्ता, ओली सहभागी हुने

अहिले विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज आइतबार भिडियो संवाद(कन्फरेन्स) हुने भएको छ ।

उक्त भिडियो कन्फरेन्स साझ नेपाली समयअनुसार सवा ५ बजे हुने भनि जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन्।

प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए ।

उनको यो प्रस्तावमा नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् ।त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताएका छन् ।सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ८२ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ। नेपालमा १ जना संक्रमित भेटिए पनि उपचारपछि उनी निको भइसकेका छन्।

सार्क ५ वर्षदेखि अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन।आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय रहेको छ । तर, भिडियो कन्फरेन्समा भने पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्