Logo
२२ बैशाख २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रास : आपतकालीन सेवा बन्द हुनसक्ने आशंका, शहरबासी गाउँ फर्किन थाले

विश्वभर फैलिएका कोरोना भाइरस कोभिड–१९ को त्रासबाट प्रभावित मुलुकमध्येको एक हो । फिलिपिन्स । फिलिपिन्समा आपतकालीन सेवा बन्द हुनसक्ने आशंका बढेको छ ।

फिलिपिन्समा अहिलेसम्म २ जनाको मृत्यु भएको र ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर मेट्रो मनिलाका १७ सहरका मेयरहरुले गरेको घोषणा यो तथ्यांकसँग मेल खाँदैन ।

स्थानीय सरकारले उनीहरुको बसोवासको आधारमा तथ्यांक सार्वजनिक गर्ने गर्छन् भने सरकारले अस्पतालमा भर्ना भएका बिरामीको आधारमा ।

एक स्थानीय टेलिभिजनले कोरोना भाइरसको डरले मानिसहरु सहरबाट गाउँ फर्किन थालेको जनाएको छ । स्थानीय सरकारले आपतकालीन सेवाबाहेक अन्य भ्रमणमा रोक लगाउन सक्ने आशंकाको कारण त्यसअघि नै मानिसहरु आफ्नो गाउँ फर्किन शुरु गरेका हुन् ।

संक्रमण बढ्दै गएपछि राष्ट्रपति रोड्रिगो दुटेर्टेले स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् । उनले अहिलेसम्म यात्रा तथा भीडभाडमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था नरहेको बताएका थिए ।

उनले यो भाइरसबाट २० हजार मानिसको मृत्यु भएको र कुनै स्थानमा मृत्यु हुनेको संख्या ५ हजार पार भएको खण्डमा मात्र यो भाइरसलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

तर, दुटेर्टेको भनाइको असर भने फिलिपिन्समा विपरीत देखिएको छ । उनको वक्तव्य आएको केही समयमा नै मनिलाका सुपरमार्केटहरु ग्राहकले भरिए । ट्वाइलेट पेपर, चाउचाउ, बोतलको पानी र बियरसम्मका सामग्रीहरु केही समयमा सकिए ।

 

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्