Logo
५ जेष्ठ २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिड्नीको ओपेरा हाउसमा कोरोना भाइरस संक्रमित नायिकाले दिइन प्रस्तुती

कोरोना भाइरसको संक्रमण देखिएकी हलिउड अभिनेत्री रिटा विल्सनले सिड्नीको ओपेरा हाउसमा प्रस्तुती दिएको जानकारी दिइएको छ ।

रिटा विल्सनले ओपेरा हाउस बाहिर बसेर खिचाएको आफ्नो तस्बिर पनि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
अष्ट्रेलियाको नाइन न्यूजका अनुसार उनको प्रस्तुतीका बेला २ सय ७ व्यक्ति उपस्थित थिए जसमा उनका श्रीमान् तथा अभिनेता टम ह्यान्क्स पनि समावेश थिए ।

ह्यान्क्सलाई पनि कोरोनाको संक्रमण देखिएको छ ।

उनले आफ्नो पोस्टमा ‘ओह, सिड्नी तिमी कति राम्री छौ र सिड्नी आपेरा हाउस, तिमीले आज मेरो सपना साकार पारिदिएको छौ, यो विशिष्ट स्थानमा आफ्नो प्रस्तुती दिन पाउनु सौभाग्य ठानेकी छु ।

र दर्शकले जति माया देखाउनुभयो त्यसले मलाई निकै स्वागत गरेको महसुस गरेँ ।

मनैदेखि धन्यवाद दिन चाहन्छु भनेकी थिइन् ।

टमले आफू र श्रीमती दुबै कोरोना भाइरसबाट संक्रमित भएको जानकारी इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्