Logo
२२ बैशाख २०८१, शनिबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुक्क हुनुहोस् : यसकारण नेपालीलाई कोरोना भाइरस लाग्दैन !

केही अपवाद बाहेक धेरै हदसम्म ताजा तरकारी खान्छौं, मकै भटमास खान्छौं, कोदो-मकै-फापरको रोटी ढिंडो खान्छौं । रोग प्रतिरोधात्मक क्षमता बढाउने बेसार, मर मसलासहितको दाल, भात, तरकारी हाम्रो भोजन छ ।

त्यसैले हामी प्रकृतिमय छौं र हाम्रो Natural Killer Cell रूपी सिपाही हाम्रो रगतमा बलियो छ । त्यसकारण मलाई लाग्छ हामी नेपालीको शरीरमा Corona Virusले बिजय पाउँदैन पराजय हुनेछ । चिन्ता गर्नुपर्दैन ।

धेरै जसो भाइरल बिरामीहरूलाई कुनै पनि विशेष औषधिको आवश्यकता पर्दैन र Self limiting (आत्म सिमित) हुन्छन्, यसको मतलव हाम्रो शरीरमा आफ्नै ‘रोग प्रतिरोधात्मक शक्ति प्रणाली’ जागरूक हुन्छन् र रोगसंँग लड्न सक्छन् ।

विकसित भनिएका मुलुकहरूले विकास त गरे तर विकाससँगै अप्राकृतिक भए । मानिसहरूको जीवनशैली निराशमय बन्यो । जब जीवनशैली अप्राकृतिक एवं निराशमय हुन्छ तब हाम्रो शरीरको Immune System Power (रोग प्रतिरोधात्मक शक्ति) कमजोर हुन्छ र Natural Killer Cells रूपी सिपाहीहरू भाइरसजस्ता बाह्य शत्रूहरूसँग लड्न सक्दैनन् ।

भाइरस रचनात्मक रूपमा ब्याक्टेरियाहरूभन्दा फरक हुन्छन् । एन्टिबायोटिकले भाइरसलाई मार्न सक्दैन किनकि ब्याक्टेरिया र भाइरस बाँच्ने र पुनः उत्पादन हुने प्रक्रियामा फरक Mechanism हुन्छ ।

यद्यपि भाइरसको लागि विशिष्ट खालको एन्टिभाइरल औषधि र  Vaccines (खोप) हुन्छन् । र, खोपको सहायताले शरीरमा एन्टिबडीहरू उत्पादन गरी हाम्रो प्रतिरक्षा प्रणाली (Immune system) लाई उत्प्रेरित गर्छ,जसले भाइरस सक्रिय भएको पहिचान गर्न सक्दछ र भाइरसले हानी पुर्याउनु अघि हाम्रो शरिरमा भएको एन्टिबडीहरूको सेना परिचालन हुन्छन् र रोग लाग्नु पहिले निस्क्रिय बनाइदिन्छन् ।

हाम्रो शरीरमा जन्मजात प्रतिरक्षा प्रणाली (Immune system) को रूपमा Natural killer cells (प्राकृतिक हत्यारा कोषहरू) हुन्छन् जसले भाइरल संक्रमित कोषहरूलाई अस्वीकृत गरी तिनीहरूलाई नष्ट गर्न ठूलो भूमिका खेल्छन् र हाम्रो शरीरमा संक्रमण हुनबाट जोगाउँछन् ।

हाम्रो शरिरमा प्रतिरक्षा प्रणाली (Immune system) का यति धेरै प्रकारका  (Cells) कोषहरू छन् कि जसले धेरै प्रकारका ब्याक्टेरीया र भाइरसहरूसँग सामना गर्छन् र हामीलाई रोग लाग्नबाट जोगाउँछन् ।

कति कोषहरू छन् वा कस्ता कोषहरूको मिश्रणले कुन प्रतिरोधात्मक प्रणालीको स्तर कायम गर्छ भन्ने कसैलाई थाहा छैन जसको प्रमाण विकसित भनिएका देशहरू अहिले Corona Virus बाट छटपटाइरहेको कुराले प्रमाणित गर्दछ ।

कुनै रोग नलाग्न अर्थात् Natural Killer Cells (प्राकृतिक हत्यारा कोषहरू) अथवा Immune System Power (रोग प्रतिरोधात्मक क्षमता) मजबुतीको सम्बन्ध मानिस कत्तिको प्रकृतिमय(Natural) भन्नेसंग सम्बन्धित छ ।

 

 

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्