Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पावरका पुजारी समाज : मेरो पुरानो गार्डले बि.जी. छु भनी फोन काट्यो, ड्राइभरले फोन उठाएन !

महेशविक्रम शाह

तीस वर्षे सेवा अवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनी’हरूको व्यव’हारमा कुनै परि`वर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो ।

मैले मेरो पहिलेको ड्राइभर`लाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकास’का लागि मैले धेरै काम गरिदिएको थिएँ ।

रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाए’न । दुई तीनपटक फोन गर्दा पनि फोन उठेन ।

त्यसपछि मैले मेरो गार्डलाई फोन गरें । गार्डलाई म धेरै माया गर्थें र उस’लाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन ।

दोस्रोपटक फोन उठायो र भन्यो ” सर म त वि.जी छु। त्यस’पछि उसले फोन का’ट्यो । मैले आफ्नो पिए बसि`सकेको प्रहरी अधि’कृतलाई फोन गरें ।

आधा रिङ्ग बज्यो र त्यस`पछि आवाज आयो. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ । मतलब उसले मलाई ब्लक गरि`सकेको थियो ।

मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय’विनय गर्थ्यो ।

उसले फोन उठायो र हाँस्दै भन्यो सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एक’छिन पछि आफै कल गर्छु ।” म चुप लागें ।

उसले सोच्यो मैले फोन राखि’सकें । उसको पछाडिबाट आवाज आयो “को हो ?” उसले भन्यो रिटायर्ड डि`आइजी हो यार । अब यसको के काम छ स्सा’ला ….!

म सत्ता र शक्तिमा हुँदा प्राय:ले भन्ने गर्थे ” यो साहित्य वाहित्यमा के राखेको छ र ! यत्रो पदमा पुगेको मान्छे ! मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्म’म छ र क्षणिक छ।

त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्