Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व सुन्दरी टोनीको नेपाल भ्रमण, यी २ मिस नेपालको गरिन् प्रशंसा

सिन्धुपाल्चोक : मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ को पहलमा २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् ।

मिसनेपाल अनुष्का श्रेष्ठ र पुर्व मिस नेपाल श्रृङखला खतिवडासहित मिस वर्ल्ड टोनी हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको ग्रेट ट्रेल र स्थानीय सुरसीङमा आएकी थिइन् ।

मिस वल्र्ड टोनीलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरेका थिए । हेलम्बुको घोप्टेघ्याङमा मा निर्माण भइरहेको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पुगेर त्यसको अवलोकन गरेकी थिइन् । चीन पछि हेलम्बुमा निर्माण भइरहेको ग्रेट ट्रेल एकदमै राम्रो रहेको मिस वर्ल्ड टोनीले बताइन् ।

मिस वर्ल्ड टोनीलाई स्थानीय गुराँस र खादाले भव्य स्वागत गरेका थिए । आफ्नो स्वागतमा आएका वृद्धादेखि साना केटाकेटीहरुलाई समेत टोनीले हात समाएर नै श्रदाभाव व्यक्त गरेकी थिइन् ।

टोनीलाई स्थानीय शेर्पा समुदायको परिकार खापसे र मकैको ढिडोले स्वागत गरेका थिए । हेलम्बु पछि टोनी मिस नेपाल २०१८ की विजेता श्रृङखला खतिवडाले मकावनपुर जिल्लामा सञ्चालन गरेको अर्काे आयआर्जन कार्यक्रमको निरीक्षण पछि शुक्रबार नै स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

आगामी मिस वर्ल्ड नेपालमा नै सञ्चालनका लागि समेत आफुहरुले समन्वय गरीरहेको मिङमार लामाले जानकारी दिए । मिस वर्ल्डको साथमा मिस वल्र्ड आयोजक संस्थाका विश्व अध्यक्ष जुलीयामुरली पनि सहभागी भएका थिए ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्