Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ अहिलेसम्म महंगो, आज ८० हजार ५ सयमा कारोबार

सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाउँदै तोलाको ८० हजार ५ सय रुपैँया पुगेको छ ।

फागुन १२ गते सम्म सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो । आज एकैदिन सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ ।

अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्