Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस : विश्व बैंकले गर्यो १३ खर्ब राहत प्याकेजको घोषणा

कोरोना भाइरसद्धारा ग्रसित विकासशील राष्ट्रका लागि १२ बिलियन अमेरिकी डलर(१३ खर्ब रुपैया) विश्व बैंकले राहत प्याकेजको घोषणा गरेको छ ।

यो संकटको घडीमा देशहरुले आफ्ना जनताको स्वास्थ्यमा सुधार गर्न सकून् भन्ने उद्देश्य सहित यस्तो निर्णय गरिएको विश्व बैंकले बताएको छ ।

संसारभरीका नेताले कोरोना भाइरसको संक्रमणपछि निम्तिने आर्थिक समस्याबाट आफ्नो देशलाई बचाइदिन गरेको आग्रहपछि विश्व बैंकले यस्तो निर्णय लएिको हो ।

संस्थाले गरिब र कोरोना भाइरस संक्रमणको जोखिममा रहेका देशलाई प्राथमिकतामा राख्ने बताएको छ ।

आपतकालीन प्याकेजमा अनुदान, प्राविधिक सहयोग र ऋण समावेश छन् ।
कोरोना संसारभरीका ७६ वटा देशमा फैलिसकेको छ ।

‘हामी रोग सर्न नदिने कसरतमा छौं,’ विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासाले बीबीसीलाई भने ।

प्याकेजको आधा रकम नीजि क्षेत्रसँग काम गर्दै आएको बैंकको अन्तरराष्ट्रिय बित्तिय निगमबाट प्राप्त गरिएको छ भने १२ बिलियन डलरको करिब ४ बिलियन डलर भने पहिलै नै उपलब्ध रकमबाट तानिएको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्