Logo
१५ बैशाख २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोक्न सतर्कता : अब त्रिभुवन विमानस्थलबाट आउने-जाने हरेक यात्रुको परीक्षण

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ ।

अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ । अब भने आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने भएको छ । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

यसको शुरुवात आइतबारबाटै भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला मन्त्रालय, विभाग र निकायसँग छलफल गरेका थिए ।

छलफलअनुसार विमानस्थल भित्रको व्यवस्थापनका लागि विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय, अध्यागमनलगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेको छ ।

डेस्कमा १२ जना कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । हरेक सिफ्टमा ४/४ जना कर्मचारी खटिएका हुन्छन् । अब भने स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको क्षमता दोब्बरसम्म बढाउने भएको महाप्रवन्धक केसीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्