Logo
२४ बैशाख २०८१, सोमबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको प्रवक्तामा खतिवडा नियुक्त, प्रत्येक बिहीवार नियमित पत्रकार सम्मेलन

नेपाल सरकारको प्रवक्तामा अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् । तत्कालिन सूचना तथा संचारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उनको स्थानमा खतिवडालाई प्रवक्ता नियुक्त गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संचार मन्त्रालयको जिम्मेवारी पनि हेर्ने गरी उनलाई केहीदिन अघि नियुक्त गरिएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रवक्ता नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्री खतिवडाले विहिवार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्