Logo
२ जेष्ठ २०८१, बुधबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! पानी पिउँदा नगर्नुहोस यस्ता गल्ती

हामि सबैलाई पानी पिउनु समान्य लागछ ।हामिलाई तिर्खा लाग्दा जुनअवस्थामा छौं त्यहि अवस्थामा पानि पिउने गर्छौ तर पानी पिउने पनि तरिका हुन्छ ।

हामिले पानी पिउँदा गल्ति गरिरहेको हुनसक्छ । त्यसकारण पानी पिउँदा सावधान हुनु आवश्यक हुन्छ ।

सबैले बढि मात्रामा पानी पिउने सल्लाह दिइरहेका हुन्छन ।

धेरै मानिसहरु पानी कसरी पिउने भन्नेमा जिज्ञासु देखिन्छन् । पानी पिउनु शरीरको लागि निकै आवश्यक हुन्छ ।

पानीमा हाइड्रेटेडका मात्रा धेरै हन्छ त्यसैले सहि तरिकारले पिउँदा निकै फाइदाजनक हुन्छ ।

तर, यदि हामिमा गल्त तरिकाले पानी पिउने बानि छ भने स्वास्थ्यलाई निकै हानिकारक पनि हुनसक्छ । धेरै मानिसहरु खालि पेटमा पानी पिउँदा,दिनमा ८ लिटर सम्म पानी पिउँदा शरीरलाई फाइदाजनक हन्छ भन्ने सोच्छन ।

हामि सबैको दिमागमा पानी खाने सहि तरिका के हो भन्ने प्रश्न उठिरहेको हुन्छ ।

गल्त तरिकाले पानी पिउँदा हुने हानि : 

  • मृगौला समस्या साथै पेट वा पाचन सम्बन्धी समस्या हुन सक्छ ।
  • टाउको दुख्ने, भारीपन र सुस्ती निम्त्याउन सक्छ ।
  • प्रतिरक्षा प्रणाली कमजोर हुने, कलेजो कमजोरी, छालाको एलर्जी, कपाल झर्ने समस्या पनि आउन सक्छ ।
  • मधुमेह र रक्तचाप समस्या पनि हुन सक्छ ।

पानी पिउने सहि तरिकाहरु :  

ड्ड बिहान खाली पेटमा पानी पिउनुहोसः शरीरलाई सुख्खा हुनबाट बचाउछ साथै शरीरलाई सफा राख्न पनि मद्दत गर्छ । ग्यास्ट्रिक र कब्जियतको समस्याबाट पनि राहत पाउन सकिन्छ ।

उभिएर कहिलै पनि पानी पिउनु हुँदैन :

उभिएर पानी पिउँदा पानी सिधैँ पेटको तल्लो भागमा जान्छ र खाना खानेबाट पौष्टिक तत्वहरू प्राप्त गर्न सकिँदैन त्यसैले उभिएर पानी पिउनु हुन्न ।

सानो सानो घुट्कोमा पानी पिउनुपर्छः

बिस्तारै पानी पिउँदा शरीरको पाचन प्रणाली मजबुत हुनुका साथै शरीरको मेटाबोलिज्ममा सुधार आउने गर्छ । त्यसैले एकै पटकमा पानी पिउनु भन्दा थोरैथोरै मात्रामा पानी पिउँदा स्वस्थ्यलाई रामा्रे हुन्छ ।

बिहानै बासी मुखमा पानी पिउँदा शरीरमा के हुन्छ ?

तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ । राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ ।

पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाकोको रोग लाइ पनि हतपत लाग्न दिदैन भने विभिन्न किसिमका रोगहरु लाग्न दिनबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्दछ ।

यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाइ पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस जानौं पानीलाई कुन समयमा कति मात्रामा पिउनेरु किनकी पानी पिउने सही तरीकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ ।

धेरै पानी पिउँदा स्वास्थ्यमा असर

धबतभचपानी पिउनु स्वास्थ्यका लागि लाभदायक मात्र होइन, बाँच्नकै लागि पनि अत्यावश्यक हुन्छ । तर त्यहीँ जिवनदायिनी पानी आवश्यकता भन्दा बढि पिइयो भने त्यसले स्वास्थ्यमा ठूलो नकारात्मक असर पार्ने एक अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार सरीरलाई आवश्यक पर्ने भन्दा बढि पानी पिनाले शरीरमा जल विशाक्तता अर्थात् वाटर इनटोक्सिकेसनको समस्या पैदा हुने खतरा रहन्छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्