Logo
२५ बैशाख २०८१, मंगलबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै

पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार सिमी, काउली र गोलभेंडामा।अत्यधिक विषादीको अवशेष पाइएको छ, ।

 

विगतको तुलनामा चालू आर्थिक वर्षमा सिमी काउली र गोलभेंडामा अत्याधिक विषादी कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी चेकजाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो ।

 

यसैगरी, आव २०७५र ७६ मा ३ हजार १ सय २४ वटा नमुनामा दुईवटामा विषादी पाइएको थियो ।

त्यस्तै, चालू आव २०७६र७७ को २० माघसम्ममा १ हजार ४ सय २ वटा नमुनामध्ये (१२ वटामा अत्यधिक विषादी पाइएको छ ।

केन्द्रका नायव प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार सर्लाहीबाट आउने हरियो सिमी र गोलभेंडामा सबैभन्दा धेरै विषादी पाइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्