Logo
२२ बैशाख २०८१, शनिबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा दोस्रो मेयर कप फूटबल प्रतियोगिता हुने

प्रदेश एक स्थित सुनसरीको दुहबीमा दोस्रो मेयर कप फूटबल प्रतियोगिता २०७६ भोलिदेखी सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि मेयर कपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

दुहबी नगर पालिकाको आयोजनामा भएको मेयर कपको संयोजन एलेभेन एरोज क्लब दुहबीले गरेको हो । प्रतियोगितामा दुहबीका १२ वडाले प्रतिस्पर्धा गर्नेछ । प्रथम हुने टिमलाई १ लाख नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान
गरिनेछ ।

दोस्रो हुने टिमलाई ५० हजार नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा बोल्नु हुँदै दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले स्थानीय स्तरका खेलाडीहरुलाइ रास्ट्रय अन्तर्राष्ट्रिय स्तरमा पुगाउने उदेश्यले मेयर कप सुरु गरिएको बताउनु हुँदै दुहबीमा फूटबल एकेडेमी बनाउने अबधारणा अगि सारेको जनाउनु भयो ।

मेयर गच्छदारले दुहबीमा २ वटा गोल्ड कप र एउटा मेयर कप हुनु भनेको सुनसरीमै पहिलो स्थानीय तह भएको दाबी गर्नु हुँदै २० करोडको लागतमा दुहबी रंगशाला यसै बर्षबाट सुरु हुने जानकारी दिनु भयो । दुहबीवासीलाई स्वस्थ्य राख्ने उदेश्यले खेलखुद बिकासकालागि ७ करोडको लागानिमा फिट्नेस सेन्टर समेत यसै बर्ष सुरु हुने मेयर गच्छदारले जनाउनु भयो ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्