Logo
१८ बैशाख २०८१, मंगलबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र भारतका प्रधानमन्त्रीको दुईपटक राजकीय भ्रमण गराउन सफल भारतीय राजदूत फर्किँदै

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकेर मंगलबार दिल्ली फर्किँदै छन् । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताए । नेपालबाट स्वदेश फर्केलगत्तै उनले ३७ वर्षे लामो कूटनीतिक सेवाबाट अवकाश पाउँदै छन् ।

नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा काम सुरु गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा उनले सुरुमै भूमिका निर्वाह गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनपछि कम्युनिस्ट पार्टीको बहुमत आउने र सरकार बन्ने निश्चित थियो । त्यस अवस्थामा एमाले नेतृत्व र भारतीय प्रधानमन्त्रीबीच सम्बन्ध सहजीकरण पुरीको अर्को महत्वपूर्ण मिसन थियो । यसमा उनले समन्वयकारी भूमिका निर्वाह गरे ।

तीन तहको निर्वाचनलगत्तै ७ माघमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोनमार्फत नयाँ सरकारको नेतृत्वका लागि बधाई दिए र १८ माघमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष प्रतिनिधिका रूपमा नेपाल पठाए । त्यो विशेष वार्ताका लागि भारतका तर्फबाट पुरी र एमालेबाट डा। राजन भट्टराईले समन्वय गरेका थिए ।

स्वराजको भ्रमणपछि भारत सरकार र नेपालको नयाँ सरकारबीच समझदारी विकास भयो । ०७३ साउनमा सरकारबाट हटेपछि ओली र भारतीय नेतृत्वबीचको तिक्तता सामान्यीकरण भयो । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएपछि केपी ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् ।

 

रणजित रायपछि पुरी १२ चैत ०७३ देखि नेपालका लागि २४औँ राजदूत नियुक्त भएका थिए । पुरीपछि नेपालका लागि भारतीय राजदूत अझै तय भएको छैन । नवनियुक्त भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला अमेरिकाबाट दिल्ली फर्केपछि नेपालमा पठाउने राजदूत तय हुनेछ । एउटै समयमा भारतीय विदेशसचिव नियुक्त भएका विजयकेशव गोखले पनि जनवरी २० मा सेवानिवृत्त हुँदै छन् ।

पुरीकै कार्यकालमा अरुण तेस्रो जलविद्युत् परियोजना र पेट्रोलियम पाइपलाइन निर्माण
राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । पुरी नेपाल आएका दोस्रा सिख राजदूत हुन् । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । उनकै कार्यकालमा गुरु नानकको ५५०औँ जन्मजयन्ती मनाइएको छ । सिख समुदायले नेपालको यातायात तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका छन् । नेपालमा सिखसम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ ।

नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्