Logo
२ जेष्ठ २०८१, बुधबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यमनको उत्तरी क्षेत्रमा अज्ञात समुहले गर्यो आक्रमण, १७ जनाको मृत्यु

यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गरेको बताइएको छ ।राष्ट्र संघका अनुसार यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा भएको आक्रमण भएको हो ।

१७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ ।राष्ट्रसंघले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।

यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्