Logo
२२ बैशाख २०८१, शनिबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वाटर फाइनलमा वार्ड नं ४ विजयी

शिव भट्टराई,बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलको पहिलो खेलमा वार्ड नं ४ विजयी भएको छ।

स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा को वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा का १२ वटै वाड का १२ टिम सहभागी भएका छन्।

गछिया खेलमैदानमा भएको क्वाटर फाइनलको पहिलो खेलमा वडा नम्बर ८ र ४ बीच कडा प्रतिश्पर्धा भएको थियो। खेलमा ० का विरुद्ध ३ गोल गर्दै वाड नं ४ ले जित हासिल गरेको छ भने आज को खेलमा वाड न ४ कै खेलाडी भरत सरदार लाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई बिपी अध्ययन प्रतिष्ठान नेपाल मोरङ्गका अध्यक्ष रञ्जन ओझा बाट पुरस्कार हस्तान्तरण गरिएको थियो भने पुरस्कारको सौजन्य समाजसेवी लीला प्र अधिकारीले गरेका थिए।

त्यस्तै भोलि को खेलमा वार्ड नं ३ र ५ बिच प्रतिस्पर्धा हुने भएको आयोजक समितिका उपाध्यक्ष नविन बरालले बताएका छन्।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्