Logo
२ जेष्ठ २०८१, बुधबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति

झापाको कमल गाउँपालिका-५ स्थित गुह्ेश्वरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा क्षति पु¥याइएको छ । हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति पु¥याइएको थियो भने मोहमदको भने घरको बारा भत्काउनुका साथै धानसमेत खाएर क्षति पु¥याएको उनले बताए।

हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जङ्गलबाट आएको र रातभरी टोलवासी आतङ्कित हुनुपरेको वडाध्यक्ष निरौलाले बताए । हात्तीलाई राति नै प्रहरीसहित स्थानीयको सहयोगबाट जङ्गलतर्फ धपाइएको थियो ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्