Logo
१७ बैशाख २०८१, सोमबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामदेव बाबाको पतञ्जली योगपिठमा प्रचण्ड पत्नी सीताको उपचार (फोटोफिचर)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारकोा लगि यतिवेला भारतमा छिन् ।

लामो समयदेखि अस्वस्थ रहेकी सीताको स्वास्थ्यमा सुधार आएको छैन् । उनको उपचारको लागि सिंगापुर, बैंकक र अमेरिकासमेत लगिएको थियो ।

सीताको अहिले भारतको हरिद्धारस्थित् पतञ्जली योगपिठमा उपचार गरिरहेको उनकी कान्छी छोरी गंगा दाहालले जानकारी गराएकी छिन् ।

उपचार गराएको फोटो सार्वजनिक गर्दै दाहालले लेखेकी छिन्,‘ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी।’

सीता दाहालको साथमा पुर्व उद्योगमन्त्री मातृका प्रसाद यादव र उनकी पत्नीपनि सँगै छन ।

हेर्नुस् फोटोफिचर : 

 

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्