Logo
२४ बैशाख २०८१, सोमबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस १० गते सूर्यग्रहण, भारतबाट ‘रिङ अफ फायर’ र काठमाडौंबाट आधा सूर्य चन्द्रमाले ढाकिएको देखिने

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ ।

भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ।

पुस १० गते बिहान ८ बजेर २२ मिनेट जाँदा सुरु हुने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समयमा काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिनेछ।

पश्चिम नेपालबाट त्यो ५१ प्रतिशत हुनेछ। सूर्यग्रहण २ घण्टा ४७ मिनेट ५० सेकेन्ड लाग्नेछ भने १० बजेर १ मिनेटमा मध्य हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

साउदी अरब, कतार, भारत, इन्डोनेसिया, गुआम र फिलिपिन्सबाट ‘रिङ अफ फायर’ देखिनेछ। जसमा पूरै चन्द्र पूरै सूर्य्भित्र भए पनि सूर्य नढाकिने र वरिपरि प्रकाश देखिने बताएको छ।

चन्द्रमा पृथ्वीको कक्षमा परिक्रमा गर्दा सबैभन्दा पर शिरविन्दु (एपोजी)मा पुगेको केही दिनपछि सूर्यग्रहण लाग्न लागेको हो। त्यस समयमा आकाशमा चन्द्रको आकार सूर्यभन्दा सानो भएको हुन्छ।

यसको अर्थ चन्द्रले पूरै सूर्यलाई ढाकेको पृथ्वीबाट देखिँदैन जसका कारण ग्रहण लागेको बेला पृथ्वीबाट सूर्यको परिधि निकै चम्किलो प्रकाश देखिनेछ।

चिकित्सक तथा खगोलशास्त्रीहरुले नाङ्गो आँखाले ग्रहण नहेर्न सचेत गराएका छन्। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ।

सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउनुपर्ने उनीहरुले बताएका छन्।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्